FLASH NEWS
  • Loading...

कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत पास, ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १९७ पटक पढिएको
कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत पास, ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको बोर्डको दाबी छ ।
त्यसैविच, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड (एनजी) ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुन: ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ ।