FLASH NEWS
  • Loading...

मुस्ताङकाे कागवेनीमा बाढीको वितण्डा

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • ३९७ पटक पढिएको
मुस्ताङकाे कागवेनीमा बाढीको वितण्डा

छायाँवृष्टी हुने भनिएको हिमालपारीको जिल्ला मुस्ताङकाे धार्मिक तिर्थस्थल बाढीले वितण्डा मच्चाएको छ ।
मुस्ताङको वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढीले तल कागवेनीमा रहेको प्रहरीचौकी, धर्मशाला, कम्तीमा दुई वटा सर्वसाधारणका घर भत्काएको छ । बाढीले कागवेनी स्थति हिन्दुहरूकाे श्राद्धस्थल पनि बगाउनुकाे साथै एउटा झोलुङ्गे पुल र तीन वटा विधुत पोल पनि ढलेकोले विधुत आपूर्ति बन्द भएको छ ।
मुक्तिनाथ भन्दा केही तल झोङ भन्ने स्थानमा पहिरो गै कागखोलामा मिसिएपछि बाढी तल कागवेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले पुष्टी गरेको छ ।

जाेमसाेम स्थित बेनी-जाेमसाेम-काेराेला सडक अायाेजनाका लेखा अधिकृत मीनबहादुर बानियाँका अनुसार दुई दिनदेखी मुस्ताङमा पनि लगातार झरी परिरहेको छ । ढुम्म भुइमा कुहिलाे लागेकाे छ । बानियाँका अनुसार यस्ताे मनसुनी झरी यस अघि नदेखिएकाे स्थानीयले बताएका छन ।
‘बाढी आउनाथा प्रहरी र त्यहाँ रहेको सेनाको टुकडीले स्थानीयलाई सचेत गराएकोले मानवीय क्षति भएको खवर छैन । प्रहरी चौकी समेत केही सर्वसाधारणका घर भत्काएको खवर छ । बाढीले विजुलीको तारपोल बगाएकोले विधुत आपूर्ति रोकिएको छ । थप विवरण आउन सकेको छैन’ मुस्ताङका जिल्ला प्रहरी प्रमुख डिएसपी रविन्द्र पौडेलले भने, ‘कागवेनी र जोमसोम विचमा पर्ने पाण्डाखोलामा आएको बाढीले जिल्लाबाट थप सहयोग पठाउन समेत समस्या भएको छ ।’