FLASH NEWS
  • Loading...

उत्तराखण्डको पहिरोमा परी जुम्लाका ११ जना बेपत्ता

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १७० पटक पढिएको
उत्तराखण्डको पहिरोमा परी जुम्लाका ११ जना बेपत्ता

भारतको केदारनाथ गौरीकुण्डमा गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा जुम्ला पातारासी गाउँपालिकाका ११ जना रहेकाे खवर आयकाे पातारासि गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले वताए ।

विस्तृत जानकारीको लागि सम्पर्क भइरहेको छ उनले भने ब्यपत्ता हुने सव‌ नाम ठेगाना यकिन भइसकेको छैन । व्यापारका सिलसिलामा केदारनाथ पुगेका उनिहरू बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् । गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाएको थियो ।

दिल्ली दूतावासका भारतीय प्रहरीबाट प्राप्त जानकारी अनुसार १६ जना नेपाली र ३ भारतीय गौरीकुण्डबाट केदारनाथ जाने बाटोको बीचमा बिहीबार राति ११:३० बजे पहिरोमा परी हराएको सूचना प्राप्त भएको प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले वताईन् ।

पहिराेमा बेपत्ता हुनेहरूकाे खाेजि र ब्यपत्ता हुनेहरूकाे पहिचान गर्न भारतिय दुतावास संग जुम्लाबाट प्रतिनिधित्व गर्ने संसद ज्ञानबहादुर शाही र विनिता कठायतले पहल गरिरहेकाे वताएका छन् ।