FLASH NEWS
  • Loading...

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्णय सच्याउन हिमालपारीका पत्रकारकाे अाह्वान

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • १०८४ पटक पढिएको
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्णय सच्याउन हिमालपारीका पत्रकारकाे अाह्वान

नेपाल पत्रकार महासंघ जिल्ला शाखा मुस्ताङका सदस्यहरूले शुद्धीकरणकाे अावरणमा हिमाली तथा दुर्गम जिल्लामा महाँसङकाे शाखा नै नरहने र सँधै माेफसलका पत्रकारलाइ अाेझेलमा राख्ने कुत्सित मनसायले सदस्यता खारेज गरेकाे भन्दै विराेध गरेका छन ।

नेपाल पत्रकार महासंघ मुस्ताङ जिल्ला समितीसमेत प्रेस चौतारी नेपाल मुस्ताङ, समाजवादी प्रेस संगठन नेपाल मुस्ताङ र प्रेस युनियन मुस्ताङले संयुक्त प्रेस विज्ञप्ती जारी गरी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले मिति २०८० साउन १० गतेको दिन महासंघको मुस्ताङ शाखा मातहतमा क्रियाशिल साधारण सदस्यहरु मध्ये २ जनाको मात्र सदस्य रहने गरी सदस्य सुद्धिकरणको नाममा अन्य सबै सदस्यहरुलाई हटाईएको प्रति खेद व्यक्त गरेका हुन् ।

जिल्ला शाखाका मुस्ताङ र मुस्ताङमा क्रियाशिल पत्रकारहरुको संघ÷संगठनहरु प्रेस चौतारी नेपाल, समाजवादी प्रेस संगठन नेपाल र प्रेस युनियनहरुले पत्रकार महासंघ प्रदेश समितिको सो निर्णयमा गम्भिर ध्यानार्कषण भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा नेपाल पत्रकार महाँसङ मुस्ताङ शाखा अध्यक्ष सुन्दरकुमार थकाली, प्रेस चौचारी नेपालका जिल्ला अध्यक्ष सुनदेवी रसाईली, समाजवादी प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष आदित्य रसाईली र प्रेस युनियन जिल्ला शाखा मुस्ताङका उपाध्यक्ष तृष्णा गौचनले संयुक्त प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

हिमाली जिल्ला मुस्ताङ जस्तो बिकट भूगोलमा कठिन परिस्थितीको सामना गर्दै खटिरहेका र संस्था जोगाएका क्रियाशिल पत्रकारहरुको घाँटी निमोठ्दै सदस्यता खारेज गर्ने जस्तो निकृष्ठ र गैरजिम्मेवारपूर्ण कार्य गरी जिल्ला शाखानै खारेज हुँने परिस्थिती गरिएको प्रति भर्सना गर्दै महासंघ गण्डकी प्रदेश समितिले गरेको उक्त निर्णय अविलम्स च्चाई मुस्ताङका पत्रकारहरुको सदस्य कायम राख्न विज्ञप्तीमा अाग्रह गरिएकाे छ ।