FLASH NEWS
  • Loading...

नर्सिङ कामका लागि बेलायत जान सरकारले खुलायो आवेदन

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • १४० पटक पढिएको
नर्सिङ कामका लागि बेलायत जान सरकारले खुलायो आवेदन

|Nurses of Nepali Mediciti pose for a photo while attending a programme organised to celebrate International Nurses Day at the hospital in Lalitpur, on Thursday, May 12, 2022.

बेलायतमा १०० जना नर्स पठाउने विषयमा नेपाल सरकार र बेलायत सरकारबीच सम्झौँता भएको छ । सम्झौँता भएसंगै श्रम तथा रोगगार मन्त्रालयले त्यहाँ जान चाहने नर्सका लागि अनलाइन आवेदन खुल्ला गरेको छ ।

आवेदन फारम २० जुलाई (आज) देखि अक्टुबर १९ सम्म खुल्ला रहेको बताइएको छ ।

आवेदनका लागि मुख्य मापदण्ड के ?
बेलायतमा काम गर्न जान चाहने नर्सका लागि दुई पक्षीय सम्झौँता हुँदै गर्दा केही न्युनतम योग्यता समेत तोकिएको छ । ती योग्यता पुगेका नर्सले मात्रै आवेदन दिन सक्नेछन् ।
१. आवेदक नेपाली नागरिक हुनुपर्यो । नेपाली पासपोर्ट हुनु परयो जसको म्याद आवेदन गरेको समयको अन्तिम दिनदेखि कम्तीमा १ वर्ष रहेको हुनु परयो ।

२. आवेदकले निम्नमध्ये कुनै एक शैक्षिक योग्यता पुरा गरेको हुनुपर्छ : नेपाल सरकार वा विदेशको मान्यता प्राप्त शिक्षण संस्थाबाट अध्ययन गरी स्टाफ नर्स, नर्सिङमा स्नातक (बीएस्सी नर्सिङ वा बीएन) वा नर्सिङमा स्नातकोत्तर गरेको व्यक्ति ।

३. नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त व्यक्ति हुनु पर्दछ । आवेदक पछिल्लो दुई वर्षको कुनै मान्यताप्राप्त अस्पतालमा दुई वर्ष काम गरेको हुनुपर्ने छ । सन् २०१९ भन्दा अघि काम गरेको अनुभवलाई मान्यता दिईदैन ।

४. निम्नमध्ये कुनै एक अंग्रेजी भाषामा प्रवीणता पत्र तह हुनु पर्दछ :

  • आइईएलटीएस को रिडिङ, लिस्निङ, र स्पिकिङ स्कोर ७ आउनु पर्छ । राइटिङमा ६.५ ल्याउनु पर्छ ।
  • यस्तै ओइटिमा कम्तीमा बी ग्रेड रिडिङ, राइटिङ र लिस्निङ र सी प्लस राइटिङमा आउनु पर्छ ।