FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडकमा पहिरो कहर, यात्रुकाे जीवन भाग्यकाे भर ?

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • ५६१ पटक पढिएको
बेनी–जोमसोम सडकमा पहिरो कहर, यात्रुकाे जीवन भाग्यकाे भर ?

बेनी–जोमसोम सडकको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा आधा मिनेट अन्तरमा पहिरोबाट ३० सेकेण्ड–एक मिनेटको अन्तरमा ज्यान जोगिएर गन्तब्य लाग्ने ‘भाग्यमानी’ सयौं यात्रु छन ।
तिनै भाग्यमानी मध्यका हुन, घोडाघोडी यातायात प्रालिको ध १ प ९६५६ नम्बरको यात्रुबाहक बसका यात्रु । काठमाण्डौबाट मुस्ताङ्गकोलागी चालक, सहचालक सहित २७ जना यात्रु लिएर आएको रात्री बस बुधवार बुहवार विहान ५ बजे बेनी–जोमसोम सडकको बेनीदेखी ८ किलोमिटर उत्तर म्याग्दीको रघुगंगा गाउँपालिका, २ बैसरी स्थित पहिरोमा फस्यो । माथीबाट स–साना ढुङ्गा र लेदो खसिरहेको थियो । बस फसेपछि चालकले सवै यात्रुलाई ओराले र मोवाईलको उज्यालोमा जेनतेन हिंडाएरै पहिरो कटाए ।
जव यात्रु हिंडेरै पहिरो पार गरेमाथीबाट पहिरो खस्यो र बसमाथी बज्रियो । बसका झ्यालका सिसा झर्यामझुरुम फुटे, छतमा ढुङ्गाले लागेर प्वाल परेको छ । बस भित्र लेदो पस्यो । विहान अवेरसम्मै बसमाथी माथीबाट निरन्तर पहिरो झरी रह्यो । हारगुहार गरेपछि विहान ७ बजेतिर बेनी–जोमसोम सडक निर्माणमा संलग्न ठेकेदारको एस्काभेटर आएर बस तान्यो । चालकले बसको हिलो पुछे, गाडी स्टार्ट भयो । हिलाम्मे र छियाछिया परेको बसमा यात्रु राखेर, चालक अम्मर लामा र सहचालक अनिल विश्वकर्मा गन्तब्य तर्फ लागे ।
‘विहान ५ बजेतिर हामी बैंसरी पहिरोमा आई पुगेका थियौं । बाटो क्लियर थियो, बस हाल्यौं । विचमा पुगेपछि अघि र पछि दुवै तिर पहिरो खस्यो । टायर लेदोमा गाडिएपछि बसलाई भित्तामा हुत्यायौं । यात्रुलाई निकाल्यौं र भित्तामा टाँसिएर पहिरो पार गर्‍यौं’ पहिरोमा ज्यान जोगाएर गन्तब्य पुगेका बसका सहचालक अनिल विश्वकर्माले फोनमा भने, ‘२ घन्टासम्म निरन्तर पहिरो खसी रह्यो । ठुला ढुङ्गा डिलमुनी पुग्थे, साना सवै बसमा पर्थे । बस भित्तामा जोतेर छोडेकोले बसको इन्जिनमा असर गरेन । स्काभेटरले गाडी तानेर झिकेपछि यात्रु लिएर गन्तब्य तर्फ लागेका हौं ।’
सहचालक विश्वकर्माले थपे, ‘सवै यात्रु मूस्ताङका स्थानीय हुन । भाग्यले बाँच्यौं त्यसैले याक्रुलाई गन्तब्यमा छोडेर, हामी मुत्तिनाथ दर्शन गर्न आएका छौं ।’


‘भगवानले हात थापेकोले बाँचियो । ….१०–१५ सेकेण्डले बाँचें आदी’ बेनी–जोमसोम सडकको बेनी–घाँसा खण्डमा यात्रा गर्ने यात्रुले दैनिक सुनाउने कहर हो, यो । बेनी–जोमसोम–कोरोला अर्न्तदेशिय सडकको बेनी–लेते खण्डमा वर्षेनी मनसुनी बाढीपहिरोले सास्ती दिने गरेको छ । संसारको सर्वाधिक गहिरो गल्छीबाट बग्ने कालीगण्की नदीको किनारै किनार निर्मित बेनी–जोमसोम–कोरला सडक साउन पहिलो साता नपुग्दै पहिरोले छिलोछिलो परेको छ । साउन–भदौको मुख्य झरी बाँकी नै छ ।
सदरमुकाम बेनीदेखी उत्तर लागेपछि ३ किम ीअघि गलेश्वरमा, ९ किमी अघि वैसरीमा, १४ किमी अगाडी बेगखोलामा, १९ किमी तातोपानी, २३ किमी अघी जलथलेमा, ३० किमी माथी रुप्सेछहरामा, ३२ किमीमाथी बाँदरजुँभीर र ३७ किमीमाथी लाटाखोलाक्षेत्र पहिरोले दैनिक सास्ती दिने गरेको छ ।
‘बेनी–घाँसासम्मको सडकमा सँधै पहिरोको जोखिम क्षेत्र हो । यस वर्ष भदौ लागेपछि झन दुख दिएको छ । सोहृश्राद गर्न हिंडेका स्वदेशी र भाततिय तिर्थयात्रीले बढी सास्ती पाएका छन’ सडकमा विपदका साथीले इन्द्रसिं शेरचनले भने, ‘देशका विभन्न भागबाट आएका र भारतीय पर्यटकले धेरै दुख पाएका छन । फर्कन पनि पहिरो अघि पनि पहिरोले छेक्दा ३८ किमी सडक छिचोल्न कहिलेकाहीं तीन–चार दिन लाग्छ ।’


बेनी–लेते खण्डका यी पहिरोहरुले दिनमा कहीं न कहीं यातायात अवरुद्ध हुन्छन । यी पहिरा मध्य बैसरी र रुप्सेछहरा छउको पहिरो बढी जोखिमपुर्ण छन । भीरमाथीबाट पानीको छहरासँगै निरन्तर लेदो र ढुङ्गा खस्ने भएकोले पैदल तथा सवारी साधनका यात्रु जोखिममा छन । यो रुटमा यात्रा गर्ने धेरै यात्रुले ‘जीवन भाग्य’ बलियो भएकैले मृत्युबाट जोगिएको बताउने गरेका छन ।
अर्न्नपूर्ण र धौलागिरी हिमालको विचबाट बग्ने कालीगण्डकी नदी कटानले संसारकै गहिरो ‘अन्धगल्छी’ चट्टानी पहिरोको उच्च जोखिम क्षेक्र हो । र यही अन्धगल्छीबाट कालीगण्डकी नदी किनारै किनार राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अर्न्तगत बेनी–जोमसोम–कोरला सडक सडक विस्तार कार्यत्रम चालु छ । यो क्षेत्र कालीगण्डकी नदी तटिय वस्तीकालागी सँधैको त्रास पनि हो ।
‘बेनी–घाँसा सडक खण्डको ३८ किमीमध्य १५ किलोमिटर क्षेत्र अति कठिन क्षेत्र हो । यही कठिन भुगोलमा डिजाईन रिभ्यु गरी भीरकाटेमा ३ सय ५० मिटर लामो सुरुङ मार्ग खन्न डिजाइन भैरहेको छ । अर्को २ किमी सडकमा रहेका १० वटा पहिरोको पनि थप अध्ययन भैरहेको छ ।’ बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘यो खण्डमा पहिरो रोकथामकालागी छुट्टै वातावरण संरक्षणसहितको कार्यक्रम आवश्यक छ ।यो वर्ष पहिरो नियन्त्रणका काम पनि हुन्छन ।’
बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकमध्य बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज र जोमसोम–कोरला एक सय १० किमी सडकलाई ११ प्याकेजमा सडक विस्तार एवं उन्नत गर्न ठेक्का गर्ने काम भैरहेको छ ।
उच्च भागबाट जमिन भत्केर तल खस्ने प्राकृतिक क्रिया वा भूस्खलनलाई पहिरो भनिन्छ । पहिरो दुई कारणले हुन्छ । वनजंगल फँडानी, अब्यवस्थित सडक निर्माण जस्ता मानवसृजित गतिविधी र अतिबृष्टी, जस्ता प्राकृतिक कारणहरु । प्राकृतिक पहिरो रोक्न संभव छैन । त्यसैलेसर्तकता अपनाउनुको विकल्प छैन ।
वनकमजोर भौगर्भिक बनोटलाई पहिचान गर्न नसक्दा हाम्रो सडक पूर्वाधार विकासले पनि बर्षेनी ठूलो जनधनो क्षति भैरहेको छ । फरक–फरक खालका चट्टानहरुको चरित्र पनि फरक हुन्छन तर भौतिक संरचनाका इन्जिनियरिङ डिजाईन पनी फरक चट्टान अनुसार गर्नु पर्ने हो तर त्यसे विलकुल भएका छैनन । हाम्रा सडक संरचना प्रविधी प्रायः काट्ने र पुर्ने (कट एण्ड फिल) खालका छन । यसरी थुपारिएको ढुङ्गामाटोको भार थेग्न नसक्दा भू–क्षयको बढाएको हो । तस्वीर ः इन्द्रसिं शेरचन