FLASH NEWS
  • Loading...

म्याग्दी उद्योग वाणिज्य संघमा अध्यक्षकालागी गौतम र शाक्यको लविङ सुरु

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • ६१९ पटक पढिएको
म्याग्दी उद्योग वाणिज्य संघमा अध्यक्षकालागी गौतम र शाक्यको लविङ सुरु

म्याग्दी उद्योग वाणिज्य संघको वर्तमान समितिको चालु आर्थिक बर्षको असार मसान्तसँगै कार्यकाल सकिदै छ ।
कार्यकाल सकिनैलाग्दा संघमा नयाँ नेतृत्वकालागी आकांक्षीहरुले मुख खोल्न थालेका छन । आगामी कात्तिक महिनामा संघको अधिवेशन गर्नेगरी तयारी थालिएसँगै संस्थापन पक्षका उपाध्यक्षद्वय लिलाराम गौतम र राजेश शाक्यले अध्यक्ष पदमा आकांक्षा देखाएका छन ।
शाक्य र गौतम दुवैले अध्यक्ष पदको दावेदारी रहेको पुष्टी गरे । ‘म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा मेरो दावी रहने छ । सोही अनुसार तयारीमा छु’ उपाध्यक्ष राजेश शाक्यले सुनाए ।
आव ०८०/८१ चुनावी वर्ष समेत भएकोले सदस्यता बहाल राख्नकालागी असार मसान्तसम्म सदस्यता नविकरण गर्ने सूचना जारी गरेको संघको मंगलवार गणेशटोल स्थित कार्यालयमा बसेको बैठकले असोज मसान्तसम्म सदस्यता नविकरण गर्ने समयसीमा बढाएको छ ।

‘अवको अध्यक्ष तलैबाट सदस्य, सचिव, महाँसचिव, उपाध्यक्षहुँदै सवै पदको अनुभव सँगालेको ब्यक्ति हुनु पर्छ । अवको अध्यक्षमा मेरो बलियो दावी छ । भागवण्डा र टिका लगाएकाहरु एक्कासी अध्यक्ष बन्न सक्दैनन’ उपाध्यक्ष लिलाराम गौतमले बताए ।