FLASH NEWS
  • Loading...

मनाङ एयर हेलिकप्टर दुर्घटना : चालकसहित ६ जनाकै मृत्यु

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • २२७ पटक पढिएको
मनाङ एयर हेलिकप्टर दुर्घटना : चालकसहित ६ जनाकै मृत्यु

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा भएको हेलिकप्टर दुर्घटनामा परि मृत्यू भएका ६ जनाकै शव भेटिएको छ ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन रहेको  हेलिकप्टर लिखुपिके गाउँपालिका-५को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिकको मृत्यू भएको हो ।

 

मृतकहरु सबैको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए । स्थानीयबाट हेलिकप्टर दुर्घटनाको खबर आउना साथ सोलुदुधकुण्ड नपा २ वेनी स्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शव फेला पारेको हो ।

विहान १० ः०५ मा सुर्केबाट उडेको मनाङ एयरको नाईन एन ए एम भि कलसाईनको हेलिकप्टर लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको थियो । मृतकको शव काठमाण्डौ लैजनको लागि हेलिकप्टर पठाईए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर दुर्घटना स्थल पुग्न सकेको छैन । अल्टिच्युट एयरको २ हेलिकप्टर अहिले भकान्जे चौरमा अवतरण गराएर राखिएको र मौसम खुल्ना साथ घटना स्थल पुग्ने प्रजिअ भट्टराईले बताए ।

‘म पनि हेलिकप्टरमा उद्धारका लागि खटिएको छु, अहिले मौसम खराब भएर हामी सवार हेलिकप्टर भकान्जेमा अवतरण गराईएको छ’ प्रजिअ भट्राईले भने । भकान्जेको काँडे नजिकै ठूलो विस्फोटको आवाज आए पछि स्थानीय कान्छा शेर्पाको टोलीले उक्त स्थानमा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेको थियो ।