FLASH NEWS
  • Loading...

हिमालमुनी याकको रगत, रक्सी र मस्ती

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • ४४० पटक पढिएको
हिमालमुनी याकको रगत, रक्सी र मस्ती

ग्याष्टिक रोग निको हुने र शरिरलाई फाईदा पुग्ने विश्वासमा हिमाली फेदीमा याकको आलो रगत पिउने मेला लाग्ने भएको छ ।
आगामी साउन १ देखी १० गतेसम्म धवलागिरी तथा टुक्चेपीक हिमालको फेदीमा पर्ने मुलीबुक्यान, निलगिरी हिमालको फेदीमा पर्ने मार्चे बुक्यान र बराह शिखरको फेदीमा पर्ने खोप्रा लेकमा याकको रगत पिउने मेला लाग्न लागेको हो । यस्तो आलो रगत पिउने मेला परम्परागत नै हो ।
‘हाम्रा पुर्खादेखी नै नै याकको रगत झिकेर पिउने चलन थियो । पहिला नजिकका वस्तीबाट स्थानिय मात्र आउँथे ग्याँस्टीकका रोगीलाई फाईदा पुगेको वचन विज्ञापनको भरमा टाढाका विरामी आउन थालेका हुन । यो मेला आगामी साउन १ गतेबाट आयोजना गरेका छौं’ टुक्चे पिक मुनी अवस्थित मुलीबुक्यानका चौरी गोठाला तथा आम्ची सकेन्द्र गौचलने भने, ‘याकको आलो रगत पिउँदा रोग निको हुने र यौनशक्ति बृद्धी हुने कुरा रैथाने ज्ञान र अनुभवले पुष्टी गरेको हो ।’
मत्त याकले नाक/चौरीलाई दुःख दिने र नियन्त्रणमा नबस्ने हुँदा नियन्त्रणमा लिन नसक्ने अवस्था आएपछि परम्परादेखी गोठालाहरुले वर्षको एक सिजन याकको रगत झिकेर फाल्ने वा आफैले सेवन गर्थे । हिमाली चरन क्षेत्रमा पाईने यार्सागुम्बु लगाएतका बहुमुल्य जडिबुटी खाएका याकको निरोगी हुने विश्वासमा रगत पिउने चलन रहेको हो । हरेक बर्ष साउनमा याक/चौरी पालन गरिने क्षेत्रमा परम्परागत विधीबाट याकको रगत झिक्ने गरिन्छ ।
अन्नपूर्ण हिमालको पश्चिम फेदीमा पर्ने म्याग्दीको खोप्रालेक तथा धौलागिरी तथा टुक्चेपीक हिमालको फेदीमा पर्ने मुस्ताङ्गको मुली, ह्याङलीङ्ग र निलगिरी हिमालको फेदीमा पर्ने मार्चे लेकमा परम्परादेखी नै लाग्ने याकको आलो रगत पिउने मेला पछिल्ला बर्षदेखी रक्सी र मस्ती गर्ने थलोको रुपमा परिचित हुन थालेको छ ।


यहाँ आएका मान्छेहरु हात–हातमा प्याला बोकेका मान्छेहरु तँछाड–मछाड गर्दै छन । उनीहरु चौंरीको रगत थाप्दै आँखा चिम्लिएर स्वाट्ट घुट्काउँछन ।
पशु अधिकारकर्मीहरुले भने याकको आलो रगत पिउने प्रथाको विरोध गर्दै आएका छन ।
रगतको एक कपको एक सय रुपैयाँ तोकिएको छ । विरामीले कम्तीमा एक साता चौरी गोठमा बसेर रगत पिउने गर्छन । आ–आफ्ना चरन क्षेत्रका गोठालाको बैठकले याकको संख्या र पिउने मान्छेको संख्याको आधारमा दिनको दुई वा एक छाक रगत झिक्ने तथा मुल्य निर्धारण गर्ने गरेका छन ।
याकको गर्धनबाट रगत झिक्ने ब्यक्तिलाई स्थानिय आम्ची वा डाक्टर भन्ने गर्छन । अनुभवी आम्चीले याकको गर्धनको नसा पत्तालगाई सानो चिरेर रगत झिक्छन । यसरी रगत झिकेको घाउमा चौंरीकै गोबर दलेर छोडिन्छ । यसो गर्दा रक्तश्राप पनि हुँदैन र याकलाई समस्या पनि पर्दैन ।
परम्परागत औषधी उपचार विधीसंग सम्बन्धित चौरीको आलो रगत पिउने चलन ब्यापारमा कहलियका मुस्ताङ्गका थकालीले हिजोआज रक्सी र मस्ती गराउने ब्यापारिक थलोको रुपमा विकास गरेका हुन । समग्रमा चौरीको रगत पिउने मेला स्थानिय चौरी गोठहरुलाई नाफा कमाउने गतिलो ब्यापारिक मेला बन्दै गएको छ ।