FLASH NEWS
  • Loading...

घारखोला जलविधुतले सुरूङमा पानी भरेर परिक्षण गर्दै

  • पुनहिल डट कम
  • १० महिना अघि
  • ८५९ पटक पढिएको
घारखोला जलविधुतले सुरूङमा पानी भरेर परिक्षण गर्दै

अन्नपूर्ण गाउँपालिका, ६ घारमा निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाले सुरुङमा पानी हालेर परिक्षण सुरु गरेको छ ।
०७४ चैतदेखी निर्माण थालेको आयोजनाले सोमबारदेखी बाँध र डिसेन्डरमा पानी हालेर परीक्षण थालेको थियो । आयोजनाका मुख्य इन्जिनियर जोसेफ बज्राचार्यका अनुसार बुधवारदेखी टनेल र पेनस्टक पाईपमा पानी हालेर परिक्षण गर्ने छ । एक सातासम्म आयोजनाले ड्याम, इन्टेक, सर्च ट्याङ्क, ग्राभेल ट्राप, डिसेन्टर, अडित प्लक, टनेल र पेनस्टक पाईप परिक्षण हुने छ ।
टनेल लगाएतको परिक्षण सफल रहे असार पहिलो सातादेखी आयोजनाको विधुत गृह देखी दाना सवस्टेशनसम्मको ८ किलोमिटर लामो ३३ केभी डबल सर्किट ट्रान्समिसन लाईनमा वेट तथा ड्राई टेष्ट, भोल्टेज तथा पावर टेष्ट गर्ने लक्ष्य रहेको घारखोला जलविधुत आयोजनाले जनाएको छ ।
‘डिसेन्डर, टनेल, पेनस्टक पाईपहरु ठिकठाक रहे आगामी १० दिनमा आयोजनाबाट विधुतको परिक्षण उत्पादन सुरु हुन्छ’ घारखोला जलविधुत आयोजनाका लेखा प्रमुख अनिल तिवारीले भने, ‘आगामी असार भित्र घारखोलाको १४ मेगावाट विधुत राष्ट्रिय लाईनमा जोड्ने तयारीमा छौं ।’
अन्नपूर्ण गाउँपालिका, ५ कुरिलाखर्कमा बाँध बनाई घारखोलाको पानी ३ हजार ५ सय मिटर लामो सुरुङबाट सोही गापा, ६ अमिलाकाफल स्थित आउटलेटबाट १२ सय मिटर पेनस्टक पाईपमा ४ सय ८५ मिटर हेडबाट बेनी–जोमसोम सडकको पोखरेबगरमा रहने विधुत गृहमा जोडिसकिएको छ । पोखरेबगर स्थित विधुत गृहबाट उत्पादित विधुत ८ किमी माथी रहेको २२० केभीए दाना सव स्टेशनसम्म ३३ केभी डवल सर्किट प्रसारण लाईनले जोडिने छ ।
कुल र्दुइ अर्व ४२ करोड लागत अनुमान गरिएको आयोजना ०७८ मागमा सम्पन्न गर्ने लक्ष्य थियो । ‘थ्रि सि’ मोडेलमा निर्माण भैरहेको घारखोला जलविधुत प्राधिकरणको सिभिल इन्जिनियर्स साउथ एशियन इन्फाइस्टक्चर प्रालि, इलेक्ट्रो मेकालिकलमा सिमर इनर्जी प्रालि भारत, हाइड्रो मेकालिकलमा सिई हाईड्रो मेकालिकल प्रालि, ट्रान्समिसनको काम रोयल कन्ट्रक्सन प्रालि र परामर्शदाताको रुपमा हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले आयोजना बनाएका हुन ।