FLASH NEWS
  • Loading...

छाडा गाईवस्तुको आश्रयस्थल बन्दै विद्यालय

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • ४६० पटक पढिएको
छाडा गाईवस्तुको आश्रयस्थल बन्दै विद्यालय

अन्नपूर्ण गाउँपालिका, ३ दाना स्थित ज्ञानप्रकाश माध्यामिक विद्यालय भवन घेरावार राम्रो नहुँदा स्थानीय छाडा गाईवस्तुको आश्रयस्थल बन्ने गरेको छ ।

ज्ञान प्रकाश माध्यामिक विद्यालयमा मात्र हाेइन, जिल्लाका धेरै विद्यालय क्षेत्र घेरावारले सुरक्षित नहुँदा गाइभैसीकाे अाश्रय स्थल बनेका छन । कतिपय विद्यालयहरू स्थानीय समुदायका तरूनीतन्नेरीकाे प्रेमालाप तथा वैंश विसाउने सुरक्षित थलाे समेत बन्ने गरेकाे सम्बन्धित विद्यालयका शिक्षकहरूले नै बताउने गरेकाे छन । सरकारी तथा गैहृसरकारी क्षेत्रबाट सहयोग जुटाई करोडौं खर्चेर आधुनिक शैलीको विद्यालय भवन निर्माण गरिएको भएपनि विद्यालय घेरावार राम्रो नहुँदा गाईवस्तु सहजै विद्यालय परिसर र भवनको बाहिर प्यालेसमा रात्री आश्रय लिने गरेका छन ।


विद्यालयका प्रध्यानअध्यापक शान्त नेपालीले विद्यालय आश्रय लिएर बसेका छाडा गाईवस्तुको तस्वीर सामाजिक संञ्जालमा पोष्ट गर्दै भनेका छन, ‘विद्यालय परिसर र भवनहरु छाडा गाईवस्तुको आश्रय स्थल बन्दा सरसफाईमा समेत हैरान भैयौ । कसैले पनि यस्ता छाडा गाईवस्तुको स्वामित्व नलिँदा अर्को समस्या भएको छ ।’


प्रअ नेपालीका अनुसार विद्यालय परिसरमा घेरावार गरिएको भएपनि राम्रो र बलियो नहुँदा कता कताबाट छाडा चौपाय विद्यालय परिसरमा पस्छन । खासगरी राती बास बस्न र पानी परेको र विद्यालय विदा भएको दिन छाडा चौपायको हालीमुहाली नै हुन्छ ।