FLASH NEWS
  • Loading...

मनसुनमा सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • ७८ पटक पढिएको
Post Thumbnail

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले आज ‘राष्ट्रिय मनसुन फोरम-२०८०’ कार्यक्रम गरी उक्त जानकारी गराएको हो। यस्तै अधिकतम तापक्रम सरदरभन्दा बढी रहने र न्यूनतम तापक्रम पनि सरदर भन्दा बढी हुने पूर्वानुमान गरिएको छ।

यस वर्ष एल–निनोको प्रभाव पनि एउटा कारण हो । प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम सामान्यभन्दा बढी तातो हुने अवस्थालाई एल-निनो भनिन्छ। यो एल–निनोको प्रभावले प्रशान्त महासागरबाट पूर्वी हावा आइरहेको छ । जसका कारण सिजन बिना नै बढी वर्षा हुन्छ ।
यसपटक अप्रिलमा खासै गर्मी थिएन । वैशाखको मध्यसम्म पनि पानी परिरहेको छ । यस्तो अवस्थामा यसपटक मनसुन सामान्यभन्दा कम हुनसक्छ । जुन तापक्रम बढ्नु पर्ने थियो, त्यो हुन सकेको छैन र त्यसको असर मनसुन कम हुँदा देखिनेछ ।