FLASH NEWS
  • Loading...

अव दैलाेकै सरकार (स्थानीय तह) बाट श्रम स्विकृति अावेदन

  • पुनहिल डट कम
  • १२ महिना अघि
  • ९५ पटक पढिएको
अव दैलाेकै सरकार (स्थानीय तह) बाट श्रम स्विकृति अावेदन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै श्रम स्वीकृतिकालागी अनलाइन अावेदन वा शुरु भएको छ ।

गाउँपालिका/नगरपालिकामा रहेका  रोजगार केन्द्रबाट श्रमस्वीकृति र पुनःस्विकृती दिने थालिएकाे हाे । म्याग्दीमा हाल अन्नपूर्ण, धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाले रोजगार शाखाबाट श्रम स्विकृति लिने र पुनःस्विकृतिका लागि अनलाइन आवेदन सेवा सुरू गरेका छन । मालिका, मंगला र रघुगंगा गाउँपालिकाले पनि तयारी गरेका छन् ।

गाउँपालिकाबाटै श्रमस्वीकृतिकालागी अावेशद दिन पाइने भएपछि वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता हटेकाे छ । सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनु पूर्व सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बीमाका लागि तिर्नुपर्ने हुन्छ । मोबाइल बैकिङ मार्फत रकम तिर्न सकिन्छ । कल्याणकारी कोषका लागि रु. एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि न्यूनतम रु. दुई हजार र बीमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ । उक्त सबै काम भए पछि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने गर्छ ।

वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।