FLASH NEWS
  • Loading...

धवलागिरी गाउँपालिकामा शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

  • पुनहिल डट कम
  • १२ महिना अघि
  • ९१ पटक पढिएको
धवलागिरी गाउँपालिकामा शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

धवलागिरी गाउँपालिका–७ सिवाङको हेम माध्यामिक विद्यालयमा शनिबार पालिका भित्रका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरूलाइ शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सीप सम्बन्धी तालिम संञ्चालन भएकाे छ ।
धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्ट्रेलियाकाे सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)ले सात दिन लगाएर शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सीप सिकाएकाे हाे । तलिममा २८ वटा विद्यालयको आधारभूत तहमा अध्यापन गराउने १०४ जना शिक्षकहरुको सहभागिता रहेकाे गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले बताए ।
विद्यार्थीमा पढाईप्रति रुची तथा सिकाई उपलब्धी बढाउन शिक्षकहरुले पाठ्यक्रसँग मिल्ने शैक्षिक सामग्री बनाएर कक्षा कोठामा प्रर्दशनी गर्न आवश्यक सामग्री उपलब्ध गराउँदा शिक्षण प्रभावकारी हुने मानिन्छ । पालिकाले चालु आर्थिक वर्षमा शैक्षिक क्षमता र सीप विकासकालागी दश लाख बिनियोजन भएको कार्यक्रम लागू भएको बिद्यालयको आधारभूत तह बालकक्षा देखि कक्षा ५ सम्मको कक्षा कोठामा शिक्षक र बिद्यार्थीहरुले शैक्षिक सामग्रीको प्रर्दशनी गर्नेछन् ।  तस्वीर ः सन्ताेष गाैतम