FLASH NEWS
  • Loading...

भुवानी अाधारभुत विद्यालयलाइ शैक्षिक सामाग्री सहयाेग

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२९ पटक पढिएको
भुवानी अाधारभुत विद्यालयलाइ शैक्षिक सामाग्री सहयाेग

अन्नपुर्ण गाउँपालिका, ६ घार स्थित भुवानी अाधारभुत विद्यालयलाइ जर्मनमा रहेकाे हिमालयन फ्रेण्ड्स इभीले एक लाख ४७ हजार मुल्य वरावरकाे शैक्षिक सामाग्री सहयाेग गरेकाे छ ।

विद्यालयका प्रअ वेलबहादुर बरूवालका अनुसार पुख्याैली थलाे घार भै मुक्तिमार्ग माविमा विद्यालय तह अध्ययन गरी हाल काठमाण्डाै र जर्मनमा पर्यटन ब्यवसाय गर्दै अाएका प्रशान्तमाेहन रेग्मीकाे संयाेजनमा संस्थाले १० सेट डेक्सबेन्च, १० जना विद्यार्थीलाइ छात्रवृति, फिल्टर र वालपेन्टीङ गर्न याे रकम सहयाेग गरेकाे हाे ।

रकम संस्थाका सदस्य गाेरेज स्मीम्मरले हस्तान्त्रण गरेका हुन ।