FLASH NEWS
  • Loading...

प्रवासी बेगतानीकाे सम्झना ः महादेव माविको भवन उद्घाटन

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११५ पटक पढिएको
प्रवासी बेगतानीकाे सम्झना ः महादेव माविको भवन उद्घाटन

रघुगंगा गाउँपालिका, १ बेग पुख्याैली थलाे भै प्रवासमा रहेका बेगतानीकाे अगुवाइमा निर्माणा भएकाे महादेव माध्यमिक विद्यालयकाे पुनःनिर्मित भवनकाे शुक्रवार एक समाराेह विच उद्घाटन भएकाे छ ।

पुरानो भौतिक संरचना र २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण गरिएको भवनको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजा, प्रदेशसभा सदस्यद्धय हरिबहादुर भण्डारी र बिमला गौचनले संयुक्त उद्घाटन गरेका हुन ।

१ करोड ५० लाख सहयोग संकलन गरेर विद्यालयको ७ वटा कोठाको भवन पुननिर्माण गरिएको भवन पुननिर्माण समितिका संयोजक योगकुमार फगामीले जानकारी दिए ।

विद्यालयमा इन्द्रबहादुर पुर्जा, पदमबहादुर पुर्जा र यमकुमार पुर्जाका तीन दाजुभाईका परिवारले करिब रु १४ लाख लगानीमा कम्प्युटर कक्षाको लागि छुट्टै थप कोठा निर्माण गरेका छन ।

अभियानमा आर्थिक सहयोग गर्ने दाताहरुको विद्यालयमा शिलालेखमा अभिलेख राखिएको छ ।

चन्दा संकलनबाट प्रवासीले निर्माणा गरेकाे ७ कोठे कक्षा कोठा बाहेक पुननिर्माण प्राधिकरणको शिक्षा इकाई मार्फत रु ३४ लाख लगानीमा ३ कोठे र ६० लाख लगानीमा ४ कोठे थप भवन निर्माण भएको विद्यालयका प्रधानध्यापक दुतबहादुर गर्वुजाले जानकारी दिए । विद्यालयले कक्षा ४ देखि नै कम्प्युटर बिषयको समेत पठनपाठन गराउँदै आएको छ ।