FLASH NEWS
  • Loading...

दान पेटिकाबाटै मनग्य आम्दानी गर्दै सिङगातातोपानी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७४ पटक पढिएको
दान पेटिकाबाटै मनग्य आम्दानी गर्दै सिङगातातोपानी

म्याग्दीको बेनी नगरपालिका, ४ स्थित सिङ्गातातोपानी कुण्डमा राखिएका दान पेटिकाबाटै ब्यवस्थापन समितिले लाखौं आम्दानी गर्ने गरेको छ ।


सदरमुकाम देखी ९ किलोमिटर पश्चिममा रहेको तातोपानी कुण्ड ब्यवस्थापन समितिले एलोपेथिक औषधीय उपचारबाट सञ्चो हुन नसकेका विरामी प्राकृतिक चिकित्सा मानिएको तातोपानीको कुण्डमा डुबेर उपचार गराउँदा लाभान्वीत भएपछि खुसी भएर दान पेटिकामा खसालेको चन्दाबाट मात्र चालु वर्षको ८ महिनामा ४४ लाख १९ हजार आम्दानी गरेको छ ।


‘तातोपानीमा डुबेर उपचार गराउन आएका विरामीले खुशी भई समितिमा रसिद काटेर चन्दा दिने र पोखरी वरपर राखिएका दान पेटिकामा दान रकम दान गर्ने गरेका छन । विरामीले गर्ने यस्तो दानबाट मासिक २५ हजारदेखी ६० हजारसम्म संकलन हुन्छ’ तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले भने, ‘यो रकम तातोपानी पोखरीमा डुब्न वा नुहाउन लिईने प्रवेश शुक्क बाहेक हो ।’


तातोपानी कुण्ड ब्यवस्थापन समितिले तातोपानी पोखरीमा प्रवेश शुल्क र चन्दा तथा दान रकमगरी दुई तरिकाले आम्दानी गर्दै आएको छ । यसरी दानपेटिका र चन्दाबाट उठेको रकमलाई स्थानीय सरस्वती माध्यामिक विद्यालयमा मावि तहका शिक्षकको तलवमा खर्च गर्नेगरी मासिक एक लाख २१ हजारका दरले बार्षिक १५ लाख ७३ हजार रुपैयाँ सहयोग गर्ने गरेको जनाएको छ ।


त्यस्तै, तातोपानीको पोखरी विरामीले तिर्ने प्रवेश शुल्कबाट हुने आम्दानीमध्य भ्याट वाहेक २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउँछ । ७५ प्रतिशत भने समितिले कुण्ड ब्यवस्थापनमा खर्च गर्ने गरेको जनाएको छ ।