FLASH NEWS
  • Loading...

एसइई परिक्षा तयारी पुरा, म्याग्दीमा २ हजार १ जना विद्यार्थी सहभागी हुँदै

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३५ पटक पढिएको
एसइई परिक्षा तयारी पुरा, म्याग्दीमा २ हजार १ जना विद्यार्थी सहभागी हुँदै

चैत १७ गते शुक्रबार देखि सुरु हुने एसइई परिक्षा तयारी पुरा भएकाे छ । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालन गर्न केन्द्राध्यक्ष नियुक्त गरी अभिमुखीकरण गरेको छ ।

जिल्लामा रहेका ९ वटा एसइई परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्षलाई जिल्ला परिक्षा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले नियुक्ती पत्र दिएका हुन ।

शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका इकाई प्रमुख दलबहादुर थापाका अनुसार  यसबर्ष म्याग्दीबाट एसइई परिक्षामा २ हजार १ जना विद्यार्थी हुने छन । नियमितर्फ १ हजार ९०७, ग्रेड वृद्धितर्फ १७ जना र प्राविधिक धार तर्फ ७७ जना परिक्षा र्थी छन् ।
अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले एसइई परिक्षामा सहभागि विद्यार्थीहरुलाई परिक्षा हलमा अनुशासित रुपमा ढुक्कसंग लेख्ने वातावरण तयार गर्न केन्द्राध्यक्षलाई निर्देशन गरे ।

 

त्यस्तै प्रहरी नायव उपरिक्षक मदन कुँवरले परिक्षा संचालन भईरहेको बेलामा समुह बनाएर अनुगमन गर्ने, फोटो खिच्ने र लामो समय परिक्षा हलमा बस्ने कार्यहरुलाई रोक्न आग्रह गर्नुभयो । जिल्ला परिक्षा समन्वय समितिका सदस्य, केन्द्राध्यक्ष र पत्रकार उपस्थित भएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण प्राविधि सहायक सरिता रानाले गरेकी थिइन ।