FLASH NEWS
  • Loading...

बेनीबजारका १५ वटा खाद्यान्न पसलहरुको अनुगमन

  • पुनहिल डट कम
  • १ साल अघि
  • ७२ पटक पढिएको
बेनीबजारका १५ वटा खाद्यान्न पसलहरुको अनुगमन

खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा सदरमुकाम बेनीबजारमा अनुगमन भएको छ ।

बेनीबजारको हुलाकचोक, न्युरोड र क्याम्पसचोक क्षेत्रमा सञ्चालित खाद्यान्न तथा किराना पसलहरुमा अनुगमन गरिएको हो ।

दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरुमा गुणस्तरीयता भए, नभएको विषयमा सरोकारवाला निकायसहित स्थलगत अनुगमन गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले जनाएको छ ।बेनीको हुलाकचोकदेखि क्याम्पसचोकसम्म सञ्चालनमा रहेका कुल १५ वटा खाद्यान्न तथा किराना पसलहरुमा अनुगमन गरिएको कार्यालयले जानकारी दिएको छ ।

अनुगमन गरिएका पसलहरुमध्ये केही पसल दर्ता तथा नवीकरण नभएको, पसलमा मूल्यसुची नटाँसेको र अपडेट नगरेको, म्याद सकिएका दैनिक उपभोग्य खाद्य सामग्रीहरु बिक्रीमा राखेको, कानुनी प्रक्रिया पुरा नगरेको जस्ता कमीकमजोरीहरु भेटिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक सहन्साकुमार मेहताले बताए । बजारमा सञ्चालित खाद्यान्न, किराना, फलफुल, मासु, होटल तथा रेष्टुरेण्टहरुको विभिन्न समयमा अनुगमन गर्ने गरिएको छ ।

तर कपडा तथा फेन्सी पसल, कस्मेटिक, व्युटीपार्लर, कपाल काट्ने सैलुन, हेन्सम पार्लर, सुनचाँदी पसल, हार्डवयर, मोबाइल तथा इलेक्ट्रिक, कम्प्युटरलगायत पसलहरुमा भने अझै अनुगमन हुन सकेको छैन ।