FLASH NEWS
  • Loading...

बेनीका चन्द्र केसी लायन्सको डिष्ट्रिक्ट गभर्नर निर्वाचित

  • पुनहिल डट कम
  • १ साल अघि
  • २२९ पटक पढिएको
बेनीका चन्द्र केसी लायन्सको डिष्ट्रिक्ट गभर्नर निर्वाचित

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५आई,नेपालको प्रथम महाधिवेशनबाट लायन बर्ष २०२३/२४ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा चन्द्रकुमार केसीले सतप्रतिशत मत प्राप्त गरी निर्वाचित भएका छन ।

पोखरामा शनिबार सम्पन्न भएको महाधिवेशनमा केसीको टिमबाट प्रथम र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरमा पोखराका बिनोद ढुङगाना र काठमांडौंका पार्वती खरेल पाण्डे निर्वाचित भएका छन ।

लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष  केसी सन् २००७ देखि लायन्स अभियानमा सक्रीय छन । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष समेत रहेका केसीले कलेजोको समस्याबाट ग्रसित एक बालिकाको जीवन बचाउन आफ्नो कलोजोको केही अंश दान गरेका थिए ।

केसीको अगुवाईमा लायन्स क्लब मार्फत किसानी प्राबिधिक शिक्षालय बिम र गलेश्वर माबी तोरीपानीमा आठ आठ कोठे र नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण भएको थियो भने म्याग्दी बहुमुखुी क्याम्पसमा समेत १ करोडभन्दा बढी सहयोगमा विज्ञान प्रयोगशाला स्थापना हुँदैछ ।