FLASH NEWS
  • Loading...

सुक्खा पहिरोमा पुरिएरबागलुङको बरेङमा एक जनाको मृत्यु

  • पुनहिल डट कम
  • १ साल अघि
  • ५९ पटक पढिएको
सुक्खा पहिरोमा पुरिएरबागलुङको बरेङमा एक जनाको मृत्यु

बागलुङको बरेङमा सुक्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका–६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो १२ः४५ बजेको समयमा पहिरोमा परेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि सदरमुकाम बागलुङतर्फ रिफर गरिएकामा उनको बाटैमा ज्यान गएको विकका आफन्त तुलबहादुर बुढाले बताए ।