FLASH NEWS
  • Loading...

स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धि निशुल्क शिविरबाट भगवतीमा २६७ जना लाभान्वित

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२९ पटक पढिएको
स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धि निशुल्क शिविरबाट भगवतीमा २६७ जना लाभान्वित

म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा स्तन तथा पाठेघरको क्यान्सर सम्वन्धि निशुल्क परिक्षण तथा उपचार शिविर सम्पन्न भएको छ। मोना आईईसीको आयोजना दुई दिनसम्म संचालन शिविरबाट वडानम्वर १, २ र ३ का २६७ महिलाहरु लाभान्वित भएका छन् ।

महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर हुने सम्भावित खतरामा जोगाउन महिलाहरुको जाँच, पहिचान, परामर्शसहित निशुल्क औषधी उपलब्ध गराईएको मोना आईईसीका सचिव सुवोध बरुवालले बताउनुभयो । शिविरमार्फत ३५ जनामा विभिन्न लक्षण पहिचान भएको छ ।

शिविरमा काठमाण्डौ क्यान्सर सेटर हस्पिटलबाट २ जना विशेषज्ञ डाक्टरसहित ४ जना र रघुगंगा गाउँपालिकाबाट उपलब्ध स्वास्थ्यकर्मीको सहयोगमा सेवा प्रदान गरिएको थियो ।

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समिती (मोना आईईसी) महिला विभागको आयोजना, तृप्ति फाउण्डेशन अस्ट्रेलियाको आर्थिक सहयोग र काठमाण्डौ क्यान्सर सेटर हस्पिटल भक्तपुरको प्राविधिक सहयोगमा शिविर गरिएको थियो । मोना आइईसीले फागुन २६ र २७ गते अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा शिविर संचालन गर्ने छ ।