FLASH NEWS
  • Loading...

बेनीबाट लागूऔषध काराेवारी एक युवतीसहित दुइ जना पक्राउ

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८२ पटक पढिएको
बेनीबाट लागूऔषध काराेवारी एक युवतीसहित दुइ जना पक्राउ

 सदरमुकाम बेनीकाे कालीपुल वसपार्क क्षेत्रबाट ठूलाे परिणाममा लागु पदार्थ सहित एक युवतीसहित दुइ जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सदरमुकाम बेनी स्थित कालीपुलबाट दुई सय एम्पुल डाईजापाम, फेनेरागन दुई सय एक एम्पुल र नुर्फिन दुई सय एम्पुल सहित रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ बौर बस्ने बर्ष २८ की सोबिता बागदास र बेनी नगरपालिका–९ घतान घर भई बौर बस्ने बर्ष ३२ का प्रेम सार्कीलाई उक्त परिमाणको लागूऔषध सहित बुधवार नियन्त्रणमा लिएर मुद्धा लगाइएकाे छ ।

प्रहरीका अनुसार लागूऔषधको यो परिमाण २०७६ सालयताकै सबैभन्दा धेरै हो । लागूऔषध सहित पक्राउ परेका बाग्दास र सार्कीलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसंधान अघि बढाईएको डिएसपी मदन कुँवरले  बताए ।

यस अघि फागुन ११ गते पर्वतको जलजला गाउँपालिका–३ मल्लाजचोकबाट रुपन्देही सोमरीमाई गाउँपालिका–३ घर भएका १९ बर्षका मुस्ताफा खानलाई तीन सय ९३ ट्याबलेट नाईट्राभेट सहित नियन्त्रणमा लिइएको थियो । त्यसैगरि फागुन १६ गते बेनी नगरपालिका–८ कालीपुलबाटै भारतको बमनग्राम माल्दाहा घर भई पोखरा बसोबास गर्दै आएका २८ बर्षका अलेमुन हक ६.५ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका थिए ।