FLASH NEWS
  • Loading...

लोकदिप साकोसको माविस्तरीय निवन्ध लेखन प्रतियोगिता

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६६ पटक पढिएको
लोकदिप साकोसको माविस्तरीय निवन्ध लेखन प्रतियोगिता

स्थापना दिवसकाे अवसरमा बेनी स्थित  लोकदीप बचत तथा ऋण सहकारी संस्था लि.ले  अन्तर माध्यामिक विद्यालय निवन्ध लेखन प्रतियोगिता गरेकाे छ ।

प्रतियाेगितामा  म्याग्दीका ७ र छिमेकी पर्वत जिल्लाको जलजला गाउापालिकबाट १ गरी ८ विद्यालयहरुको सहभागिता रहेको थियो । ‘उच्च शिक्षा अध्ययनको लागि बाल बचतको महत्व‘,‘समाज रुपान्तरणमा सहकारी‘,‘बर्तमानको बचत भविष्यको आधार’गरी ३ शीर्षकमा गोलापोला गरी परेको शिर्षकको आधारमा निवन्ध लेखन गराइएको थियो ।

प्रतियाेगिताकाे नतिजा भने सहकारीकाे १० औ स्थापना दिवसको अवसर पारेर चैत्र १२ गते सार्वजनिक गरिने संस्थाले जनाएकाे छ । प्रतियाेगिताका विजयीले  क्रमशः ५ हजार, ३ हजार, २ हजार र शान्तवनालाई १–१ हजार, प्रमाणपत्र उपलब्ध गराइने छ ।