FLASH NEWS
  • Loading...

निर्मल पुर्जाले जन्मथलोको विद्यालयलाई दिए ४० लाख

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५३ पटक पढिएको
निर्मल पुर्जाले जन्मथलोको विद्यालयलाई दिए ४० लाख

कीर्तिमानी आरोही निर्मल पुर्जाले आफ्नो जन्म गाउँको विद्यालयलाई ४० लाखको अक्षय कोष बनाइ दिएका छन । पुर्जाले अाफ्ना माइला दाइ जीत पुर्जाले लामाे समय अध्यापन गरेकाे अन्नपूर्ण गाउँपालिका, ३ दाना स्थित ज्ञान प्रकाश माध्यामिक विद्यालयमा अक्षय काेष राखिदिएका हुन ।

काेषकाे ब्याजबाट विद्यालयमामा अध्ययनरत विद्यार्थीलाई उच्चा शिक्षा अध्ययनमा प्रोत्साहन गर्ने र नीजि श्रोतबाट नियुक्त शिक्षकहरुको तलव भुक्तानी गर्न कोषको रकम प्रयोग गरिने छ ।
प्रधानअध्यापक शान्तबहादुर नेपालीका अनुसार कोषकको रकम बैंकको मुद्धति खातामा राखी आएको ब्याजले हरेक ज्ञान प्रकाश माविबाट हरेक बर्ष कक्षा ८ मा उत्कृष्ट हुने एक जनालाई ५० हजार, एसईई परिक्षामा उत्कृष्ट हुने एक जनालाई ८० हजार र कक्षा १२ मा उत्कृष्ट हुनेलाई एक जनालई एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार वितरण गरिने भएको छ । पुर्जासम्मिलित विद्यालयका शिक्षक, अभिभावक र वडाध्यक्ष समेत सर्वसाधारणको भेलाले अक्षय कोषको रकम विद्यालयको मुद्धती खातामा रही पुरस्कार वितरण कार्यविधी बनाएको थियो ।
संसारको सर्वाधिक ६ हजार ९ सय ६७ मीटर गहिरो अन्धगल्छीमा अवस्थित दाना गाउँ आरोही पुर्जाको जन्मस्थल हो । पुर्जा २ बर्षको उमेरमा बाबुसँगै चितवनको रत्ननगर बसाई गएकाे र नारायणघाट स्थित स्मल हेभेन स्कुलबाट एसएलसी उत्तिर्ण गरेका हुन । निर्मलका माईला दाई जीत पुर्जा पुख्यौली थलोको ज्ञानप्रकाश माध्यामिक विद्यालयमा लामो समय शिक्षण गरेका थिए ।