FLASH NEWS
  • Loading...

प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

  • पुनहिल डट कम
  • १ साल अघि
  • ८८ पटक पढिएको
प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गरिएको निवेदन दर्ता गर्न आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको शुक्रबारको संयुक्त इजलासले यसअघि दरपीठ गरिएको निवेदन दर्ता गर्न आदेश दिएको हो। रामेछापका ज्ञानेन्द्रराज आरण, जितेन्द्रकुमार मोक्तान र विजय श्रेष्ठ लगायतको निवेदन गत कात्तिक २४ गते सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको थियो।

आरण, मोक्तान र श्रेष्ठ लगायत १८ जनाले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई पक्राउ गर्न माग गरेर रिट निवेदन दिएका थिए। ‘‘द्वन्द्वकालका घटनालाई नियमित अदालतभन्दा पनि संक्रमणकालीन न्याय संयन्त्रले नै सम्बोधन गर्ने गरी विस्तृत शान्ति सम्झौता भएको र द्वन्द्वकालका घट्नालाई लिएर सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको भनेर स्वयम् निवेदकले जनाएको’ भन्दै सर्वोच्चले निवेदन दरपीठ गरेको थियो।

अध्यक्ष दाहालले २०७६ माघ १ गते खुलामञ्चमा द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए। त्यसैलाई आधार बनाएर आफूले पक्राउ गर्न माग गरिएको आरणले जानकारी दिए।