FLASH NEWS
  • Loading...

हाजिरी जवाफ प्रतियोगितामा प्रकाश मावि पहिलाे

  • पुनहिल डट कम
  • १ साल अघि
  • २९४ पटक पढिएको
हाजिरी जवाफ प्रतियोगितामा प्रकाश मावि पहिलाे

न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयकाे युवा रेडक्रस सर्कलद्वारा आयोजित जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय विषयगत हाजिरी जवाफ प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय पहिलाे भएकाे छ ।

प्रतियाेगितामा बेनी सामुदायिक माध्यमिक विद्यालय दाेस्राे र माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय तेस्राे तथा अायाेजक वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय सान्त्वना भए । सदरमुकाम वरपरका १३ विद्यालय सहभागी रहेकाे प्रतियाेगितामा पहिलाे, दाेस्राे, तेस्राे र सान्वना हुने विद्यालयले क्रमशः नगद  ८०००/– , ५०००/–,  ३०००/–,  १५००/–, प्रमाण पत्र प्राप्त गरे ।