FLASH NEWS
  • Loading...

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरलाइ

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४० पटक पढिएको
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरलाइ

शनिवार  बेनीमा सम्पन्न आठौँ  जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ ।

जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा बेनी नगरपालिकाले १५ स्वर्ण,७ रजत र ८ काँस्य पदक जितेको हो ।

प्रतियोगितामा ५ स्वर्ण, ७ रजत र ३ काँस्य सहित अन्नपुर्ण गाउँपालिका दाेस्राे र  ५ स्वर्ण, ३ रजत र ४ काँस्य सहित मंगला गाउँपालिका तेस्रो भए ।

विजेतालाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रबक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी सहितले पुरस्कार वितरण गरे ।