FLASH NEWS
  • Loading...

नेपालले २२ टनभन्दा धेरै राहत सामग्री टर्की पठायो

  • पुनहिल डट कम
  • १ साल अघि
  • ८३ पटक पढिएको
नेपालले २२ टनभन्दा धेरै राहत सामग्री टर्की पठायो

नेपालले भूकम्पबाट प्रभावित टर्कीमा राहत सामग्री पठाएको छ । औषधि, मेडिकल उपकरण, न्यानाे कपडालगायत अन्य अत्यावश्यक सामग्रीहरू गरी २२ टनभन्दा धेरै राहत पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।

परराष्ट्र मन्त्रालयले राहत सामग्री सहयोगका लागि सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्था तथा ढुवानीका लगि टर्किएस एअरलाइन्सलाई धन्यवाद दिएको छ ।

गएको सोमवार बिहान र दिउँसो गएको भूकम्पका कारण अहिलेसम्म टर्कीमा २९ हजार छ सय ९५ जना र सिरियामा तीन हजार पाँच सय जना गरी ३३ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।