FLASH NEWS
  • Loading...

अचार बनाउने तालिम सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२७ पटक पढिएको
अचार बनाउने तालिम सुरु

म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि अचार बनाउने तालिम सुरु भएको छ । महिला उद्यम विकास समिति म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महिलाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो ।

आगामी ५ दिनसम्म सञ्चालन हुने तालिममा ८५ जना महिलाहरुको सहभागिता रहेको छ ।

कार्यक्रम महिला उद्यम विकास समितिका सभापति कार्कीको अध्यक्षता एवं स्वागत, वरिष्ठ उपाध्यक्ष अम्बिका श्रेष्ठको धन्यवाद मन्तव्य र सचिव राधिका सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । गाउँघरमा पाइने टमाटर, मुला, गाजर, गुन्द्रुक, भटमास, बन्दा, काउली, अमला, कागतीलगायत स्थानीय कच्चापदार्थहरुको प्रयोग गरेर बनाइने मीठो र स्वादिष्ट अचारबाट आकर्षक आम्दानी समेत गर्न सकिन्छ ।

तालिमको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले तालिम लिएर महिला दिदीबहिनीहरुले सानाे पुँजी र फुर्षदकाे समय उपयाेग गरी अचार बनाउन सकिने र ठूलाे ब्यवसायी बन्न नसकेपनि धेरथाेर बेचेर अाम्दानी लिन सकिने बताए । जिल्लामा उत्पादित अचार मात्र हाेइन सवै स्थानीय उत्पादन वेच्ने संघले आफ्नै संस्थागत कोसेली घर स्थापना गरी  महिला उद्यमीहरुले उत्पादन गरेका उत्पादनहरुको बिक्री तथा वितरण गर्ने व्यवस्था मिलाइने बताए ।

म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं बेनी नगरपालिका–८, बेनीका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले महिलाहरुको पेशा, व्यवसायलाई टिकाउन र उनीहरुको उत्पादनको लेबलिङ तथा प्याकेजिङका लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता बताए ।