FLASH NEWS
  • Loading...

विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रञ्जु दर्शना

  • पुनहिल डट कम
  • १ साल अघि
  • ९६ पटक पढिएको
विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रञ्जु दर्शना

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रञ्जु दर्शना सर्वसम्मत चयन भएका छन्।

काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनबाट मिलन पाण्डे र प्रकाशचन्द्र परियार सर्वसम्मत रुपमा उपाध्यक्ष चयन भएका छन्। त्यस्तै, सचिवमा पवित्रा थापा, विमल तामाङ र समुद्र केसी सर्वसम्मत चयन भएका छन्। कोषाध्यक्षमा दामोदर नेपाल चयन भएका छन्।

महाधिवेशनले ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। महाधिवेशनले २१ जना केन्द्रीय सदस्यहरु चयन गर्ने र १३ जना केन्द्रीय समितबाट मनोनयन गरिने भएको छ। ८ केन्द्रीय सदस्य भने हाललाई  रिक्त राखिने भएको छ।

वैकल्पिक राजनीतिको नारा बोकेर २०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा स्थापना भएको विवेकशील साझा पार्टीले ‘हामी उठ्नेछौं ’ भन्ने अठोटका साथ पुनर्जागरणको अभियान थालेको हो। पटक(पटक विभाजनको सिकार हुँदै आएको यो दलले काठमाडौंमा शुक्रबारदेखि दुईदिने प्रथम महाधिवेशन गरेर आफूलाई ब्युँताएको हो।

पार्टीको अध्यक्ष र महासचिव दुबै पदमा महिलालाई सर्वसम्मत रुपमा चयन गरेर पार्टीको महाधिवेशन शनिबार सकिएको छ।