FLASH NEWS
  • Loading...

अाविस्कार केन्द्रकाे प्रयासमा ३० बर्षपछि चले विरगंञ्जकाे कृषी कारखानाका मेशिन

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४३ पटक पढिएको
अाविस्कार केन्द्रकाे प्रयासमा ३० बर्षपछि चले विरगंञ्जकाे कृषी कारखानाका मेशिन

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाका मेसिनहरु काम लाग्ने देखिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो राख्दै उनले कारखानाका मेसिनहरु चलेको बताएका हुन् ।

कारखानाको मेसिन मर्मत गरेपछि काम गर्न थालेको भिडियो सार्वजनिक गर्दै लेखेका छन् ।

‘३० बर्षसम्म बल्दै नबलेको तेलबाट चल्ने फलाम तताउने भट्टीहरु बल्यो र फलामलाई रातो हुने गरी ततायो । अनि तातो फलामलाई पिट्ने पावर ह्यामर पनि चल्यो र त्यसले फलामको रडलाई ठोक्यो ।’

फलामको पाता काट्ने र थिच्ने दुईवटा डाई प्रेस मेसिनको सहायताले बेल्चा पनि तयार गरेको उनले बताए । मिलिंग मेसिन, रड काट्ने मेसिनसहित अरु केही मेसिन औजारहरु पनि बनिरहेको उनको भनाइ छ ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले फेसवुकमा लेखेका छन ः

लौ त, नेपाल सरकार सहित सम्पूर्ण जनसाधारण नेपालीहरु ले हेर्नु होस्, #बीरगंज_कृषि_औजार_कारखाना को थप मशीनरीहरु मर्मत गरेको र त्यस पछि ति मशीनहरुले काम गरेको भिडियोहरु ।
३० बर्ष सम्म बल्दै नबलेको तेल बाट चल्ने फलाम तताउने भट्टीहरु बल्यो र फलामलाई रातो हुने गरि ततायो । अनि तातो फलामलाई पिट्ने पावर ह्यामर पनि चल्यो र त्यसले फलामको रड लाई ठोक्यो।
साथै फलामको पातालाई काट्ने डाई प्रेस मशीनले पनि काम गर्यो र फलामको पाता काट्यो । अनि त्यो पातालाई अर्को डाई प्रेस मशीनले थिचेर बेल्चा पनि बनायो । त्यसको साथै मिलिंग मशीन, रड काट्ने मशीन सहित अरु केहि मशीनहरु पनि बन्यो । जे होस् प्रगति हुँदैछ ।