FLASH NEWS
  • Loading...

मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्ने नियम लागू हुँदै

  • पुनहिल डट कम
  • १ साल अघि
  • ६४ पटक पढिएको
मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्ने नियम लागू हुँदै

सरकारले फेरि मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको छ।

यसअघि पटक–पटक लागू गर्न खोज्दा पनि सफल हुन नसकेको नियमलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः ब्युँताउन लागेको हो।  मोटरसाइकल यात्रालाई सुरक्षित र दुर्घटनामा क्षति कम गर्नेबारे भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुखहरूसँग हिजो छलफल गरेका थिए।

छलफलमा मन्त्री श्रेष्ठले मोटरसाइकलको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउन जरुरी रहेको बताए। कहिले र कसरी लागू गर्ने भन्ने विषय चुनौतीपूर्ण रहेको भन्दै मन्त्री श्रेष्ठले यो नियम कार्यान्वयन गर्न पहिला जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए।