FLASH NEWS
  • Loading...

धवलागिरी गाउँपालिका स्तरिय तेस्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू

  • पुनहिल डट कम
  • १ साल अघि
  • ९१ पटक पढिएको
धवलागिरी गाउँपालिका स्तरिय तेस्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू

धवलागिरी गाउँपालिका, ७ सिवाङ स्थित हेम माध्यामिक विद्यालयमा तेस्राे धवलागिरी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू भएकाे छ ।

प्रतियाेगिताकाे एक समाराेह विच जिल्ला समन्वय समितिका संयाेजक राजकुमार थापाले उद्घाटन गरे ।

अाज विहिवारदेखी सुरू भएकाे प्रतियाेगिता शनिवार सम्पन्न गर्ने लक्ष्य रहेकाे छ । प्रतियाेगिता उद्घाटन क्रममा प्रतियाेगितामा सहभागी विद्यालयका विद्यार्थीहरूले मार्च पास र हेम माविका शिक्षिकाहरूले स्वागत नृत्य देखाएका थिए ।

प्रतियाेगितामा धवलागिरी गाउँपालिका भित्रका १० वटा माध्यामिक विद्यालयकाे सहभागिता रहेकाे छ । प्रतियाेगिता संञ्चालन गर्न गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेकाे जनाएकाे छ । धवलागिरी गापाकाे अायाेजनामा हुने प्रतियाेगितामा छात्र/छात्रा भलिवल, कबड्डी र एथलेटिक्स विधाका ३० खेल इभेन्टमा ९० पदककालागी प्रतिस्पर्धा हुने छ ।

प्रतियाेगितामा पहिलाे हुनेले नगद ८० हजारसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणा पत्र पाउने छन । दाेस्राे हुनेले क्रमश ः ६० हजार नगद ट्रफि, मेडल र प्रमाणा पत्र तथा तेस्राे हुनेले ४० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणा पत्र पाउने प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले बताए ।