FLASH NEWS
  • Loading...

कालीगण्डकीको देवशिला अयोध्यामा पुग्याे (भिडियाे सहित)

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५९ पटक पढिएको
कालीगण्डकीको देवशिला अयोध्यामा पुग्याे (भिडियाे सहित)

म्याग्दीकाे बेनी नगरपालिका, ६ गलेश्वरधाम नजिकै कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला बुधवार राती भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्याइएको छ।

अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला अयोध्या लगिएकाे हो। माघ १२ गते म्याग्दीको बेनी नगरपालिका-६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधाम र त्यहाँबाट १८ गते अयोध्या पुर्याएकाे हो।

ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए। शिलालाई बुधबार नै यहाँस्थित राम सेवकपुरममा राखिएको छ । देवशिला लिएर गएकाे टाेलीले माघ १९ गते विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरेकाे थियाे । अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आइपुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरेका थिए।

ट्रस्टका महासचिव चंपत रायले विशेष अनुष्ठान पूजापछि देवशिला आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिकरुपमा देवशिला बुझेका थिए।