FLASH NEWS
  • Loading...

लायन्स क्लव अन्तराष्ट्रिय फाउण्डेसनले म्याग्दी क्याम्पसमा बिज्ञान प्रयाेगशाला बनाउने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५० पटक पढिएको
लायन्स क्लव अन्तराष्ट्रिय फाउण्डेसनले म्याग्दी क्याम्पसमा बिज्ञान प्रयाेगशाला बनाउने
लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनबाट म्याग्दीको बेनि स्थित म्याग्दी बहुमुखी सामुदायीक क्याम्पसका लागि १ करोड ३२ लाख बराबरको साइन्स ल्याबको प्रोजेक्ट लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनको बोर्ड बैठकबाट पारित गरेकाे नेपाल स्थित लायन्स भ्वाइस डिस्टिक गभर्रनर चन्द्रकुमार केसीले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन ।
केसीले फेसबुकमा लेखे अनुसार सामुदायीक प्रयासमा संञ्चालित लिल्लाकाे पुरानाे क्याम्पसमा विज्ञान प्रयाेगशाला बनाउन नेपाल लायन्सका गभर्नर राम बसेल, प्रोजेक्ट कोअर्डिनेटर सन्तोष रावल , मिकेश श्रेष्ठले समन्वय गरेका थिए ।
लायन्सले हालसम्म म्याग्दीमा ५ कराेड बराबरका २ वटा स्कुल भवन,  दर्बाङ्ग स्वास्थ्य चौकिका लागि ५३ लाख भन्दा बढिको स्वास्थ उपकरण लगायत यो प्रोजेक्ट सहित ८ करोड भन्दा बढिको प्रोजेक्ट परेको र सम्पन्न भै सकेको जनाइएकाे छ।
लायन्सले यस वर्ष म्याग्दीमा विज्ञान प्रयाेगशाला समेत १ करोड ९५ लाखको  अन्य प्रोजेक्ट चलाइने उल्लेख छ ।