FLASH NEWS
  • Loading...

मंगलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • ८३ पटक पढिएको
मंगलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

म्याग्दीको मंगला गाउँपालिकामा अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ ।

वडा नम्बर २ सहस्रधारा स्थित मालिका युवा क्बलको खेलमैदानमा भएको प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरे ।  उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पालिका स्तरमा हुने प्रतियोगिताले विद्यार्थीहरुमा भएको खेलप्रतिभाको प्रष्फुटन गरी खेलाडी उत्पादनमा टेवा पुग्ने बताए।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्डी र भलिबलको १५ वटा इभेन्ट्मा ३० वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ ।