FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीसमक्ष रवि लामिछानेले बुझाए राजीनामा

  • पुनहिल डट कम
  • १ साल अघि
  • ७७ पटक पढिएको
प्रधानमन्त्रीसमक्ष रवि लामिछानेले बुझाए राजीनामा

रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । सर्वोच्च अदालतको फैसलाबाट उपप्रधानमन्त्री तथा सांसदपदबाट मुक्त भएका रविले बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको फैसला सुनाएको हो ।