FLASH NEWS
  • Loading...

धनेश्वरी–तारानाथ स्मृति कोषबाट म्याग्दीका अग्रज साहित्यकार बानियाँ र पत्रकार खड्का सम्मानित

  • पुनहिल डट कम
  • १ साल अघि
  • ४१५ पटक पढिएको
धनेश्वरी–तारानाथ स्मृति कोषबाट म्याग्दीका अग्रज साहित्यकार बानियाँ र पत्रकार खड्का सम्मानित

बेनी नगरपालिका, ५ पुलाचौरमा रहेको धनेश्वरी–तारानाथ स्मृति कोषले यस वर्ष साहित्य तर्फ जिल्लामा अग्रज साहित्यकार मदनपुरस्कार विजेता चन्द्रप्रकाश बानियाँ र पत्रकारिता तर्फ पुराना पत्रकार घनश्याम खड्कालाई १० हजार नगदसहित सम्मान पत्रले सम्मान गरेको छ ।


धनेश्वरी–तारानाथ स्मृति कोष नगद १० हजारसहित सम्मानपत्रले सम्मानित बेनी नगरपालिका, ५ भिरमुनीका स्थाई बासिन्दा बानियाँको मदनपुरस्कार विजेता महारानी उपन्यास बाहेक मृत्यु संस्कार, खस जाती र कुल पुजा, भौज्याहा र एतिहासिक पर्वत राज्य पुस्तक प्रकाशित छन । बानियाँले विभिन्न पत्रपत्रिका, अनलाईनहरुमा स्तम्भकारको रुपमा समेत कलम चलाउने गर्छन ।
‘आफ्नै जन्मथलोमा कला, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउन पुलाचौरका सम्मानित रेग्मी परिवारबाट स्थापित कोषबाट सम्मानित हुन पाएकोमा खुसी लागेको छ’ सम्मान ग्रहणगरेपछि चन्द्रप्रकाश बानियाँले भने, ‘सम्मानले हौसला र आत्मसम्मान महसुस गरेको छु ।’
त्यस्तै धनेश्वरी–तारानाथ स्मृति कोष नगद १० हजारसहित सम्मानपत्रले सम्मानित अन्नपूर्ण गाउँपालिका, ६ घारका स्थाई बासिन्दा घनश्याम खड्का पत्रकार महासघ म्याग्दीको संस्थापक अध्यक्ष हुन । कान्तिपुर दैनिकमा उपसम्पादक रहेका खड्का पछिल्ला केही वर्षदेखी म्याग्दीमै पुनहिल डट कम डिजिटल पत्रिकाको प्रकाशक, सम्पादन समेत गर्दै आएका छन ।

शनिवार बेनी नपा, ५ पुलाचौरको जनकल्याण माविमा आयोजित फुरस्कार तथा सम्मान कार्यक्रममा सम्मानित ब्यत्तित्व तथा विभिन्न विधामा विजयी विद्यार्थीलाई प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, कोषका अध्यक्ष मुकुन्द रेग्मी र सचिव माधव रेग्मीसमेतले सम्मान गरेका थिए ।

बेनी नगरपालिका, ५ पुख्यौली थलो भएका स्व. धनेश्वरी–तारानाथको स्मृतिमा छाेरा/नाती माधव प्रसाद रेग्मी, मुकुन्द रेग्मी, रामप्रसाद रेग्मी, नारायण रेग्मी र मोहन रेग्मी परिवारले जिल्लाको साहित्य र पत्रकारिता समेतको क्षेत्रमा उल्लेख्य योगदान गर्ने ब्यक्तिलाई सम्मान गर्न १५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरी सो कोषको आम्दानीबाट सम्मान गर्ने गरिएको छ ।

‘हामी छाेरा र नातीहरूसमेत परिवारले स्वर्गिय आमाबाको स्मृतिमा अक्षय कोष स्थापना गरी कलासंगित, साहित्य र पत्रकारिता क्षेत्रमा योजदान पुर्‍याउने ब्यक्तित्वलाई सम्मान गर्दै आएका छौं’ धनेश्वरी–तारानाथका कान्छा छोरा रहेका कोषका सचिव माधव प्रसाद रेग्मीले भने, ‘जिल्लाको शैक्षिक उन्नयन तथा चेतनाबृद्धीमा पुरस्कार विधा र पुरस्कृति ब्यक्तित्वले उल्लेख्य योगदान पुर्‍याएको हाम्रो ठम्माएका छौं ।’
त्यस्तै, कोषले छुट्टै स्थानीय जनकल्याण माध्यामिक विद्यालयबाट दलित, जनजाति र खसआर्य समुदाय तथा गलेश्वरधाम स्थित शालग्राम वेदविद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट हुने एक–एक जनालई जनही २० हजार रुपैयाँले पुरस्कृति गर्ने गरिएको छ ।
जनकल्याण माविका प्रध्यानअध्यापक कमल पौडेलका अनुसार कोषबाट गत वर्षको एसईई परिक्षामा विद्यालयमा सर्वोकृष्ट हुने अंकित पौडेल नगद २० हजार सहित पुरस्कृति भए । त्यस्तै दलितबाट अंकिता थापा दर्जी, जनजातिबाट सपल पुन र खसआर्यबाट करुणा बानियाँ जनही १५ हजार नगदसहित पुस्कृति भए ।
त्यस्तै विद्यालयमा कोषको आयजनामा सम्पन्न लोकनृत्य तर्फ अंकिता थापा प्रथम भै पाँच हजार नगद पुरस्कार प्राप्त गरिने । सुवास विक र सन्धा रामदामले दोस्रो भै जनही दुई हजार प्राप्त गरे । त्यसैगरी ‘म बेनी गरपालिकाको मेयर भएको भए’ शिर्षकमा गरिएको निवन्ध लेखनमा सोही विद्यालयकी रितु किसान पहिलो, आकृति श्रेष्ठ दोस्रो र जुञ्जन श्रेष्ठ तेस्रो भएका थिए ।