FLASH NEWS
  • Loading...

दोवामा अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • ७५ पटक पढिएको
दोवामा अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

अन्नपूर्ण गाउँपालिका–१ दोवामा बुधबार तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गरे ।

अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्ी र भलिबलको ३० वटा इभेन्ट्मा ९० वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा बिजयी हुनेले रनिङ शिल्ड, ट्रफी सहित नगद रु. ५० हजार पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका शिक्षा अधिकृत गणेश कटुवालले बताउनुभयो । दोस्रोले रु. ३० हजार र तेस्रोले नगद रु. २० हजारको साथमा ट्रफी र मेडल पाउनेछन् । आठ विद्यालय सहभागी छात्र भलिबलको पहिलो चरणको प्रतिस्पर्धामा शिख माविले हिमाञ्चल माविलाई पराजित गरेको छ । भलिबलको छात्रातर्फ ९ टिम सहभागी छन् । कवड्डीको छात्रातर्फ सर्वोदय माविले ज्ञानप्रकाश माविलाई पराजित गरेको छ ।