FLASH NEWS
  • Loading...

दरवाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३० पटक पढिएको
दरवाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

मालिका गाउँपालिकाको केन्द्र दरवाङमा तेस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । छात्र र छात्रा भलिबल, कवड्डी र एथलेटिक्स बिधाका ३० वटा इभेन्समा ९० पदकका लागि प्रतिस्पर्धा हुनेछ् ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु. ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेलाई क्रमश ः रु. ६० हजार र रु. ४० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाको शिक्षा अधिकृत अशोक रिजालले बताए ।

उद्घाटन खेलकाे १५०० मिटर छात्रातर्फ भिम माविले स्वर्ण, किसानी माविले रजत र अमरज्योती माविले कास्य पदक जितेका छन् । सर्ट फुटको छात्रतर्फ केवी एकेडेमीले स्वर्ण, किसानी माविले रजत र भिम माविले कास्य पदक जितेका छन् । सर्टफुटको छात्रातर्फ जनप्रिय माविले स्वर्ण, ओखरबोट माविले रजत र भिम माविले कास्य पदक जितेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले खेलकुदलाई शिक्षासँग जोड्न र विद्यार्थीको प्रतिभा पहिचानमा प्रतियोगिता सहयोगी बन्ने बताए ।