FLASH NEWS
  • Loading...

तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई

  • पुनहिल डट कम
  • १ साल अघि
  • १०८ पटक पढिएको
तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई

रघुगंगा गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिका, ३ पिप्ले स्थित रघुगंगा माध्यमिक विद्यालयले जितेको छ । विद्यालयले पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार तीन पटक विजयी भै रनिङ शिल्ड सधाकालगाी पाेल्टामा राखेकाे हाे ।

रघुगंगा माविले  १५ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै प्रथम हुन सफल भएको हो । त्यसैगरि प्रतियोगितामा ५ स्वर्ण, १३ रजत र ४ कास्य पदक सहित मुक्तिधाम मावि दोस्रो र ३ स्वर्ण, २ रजत र ३ कास्य पदक सहित अमर मावि पाखापानी तेस्रो भएका छन् । प्रथमलाई ५० हजार, द्धितियलाई ३० हजार रुपैयाँ र तितृय हुन सफल विद्यालयलाई २० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताको हरेक विद्यामा स्वर्ण, रजत र कास्य पदक बिजेतालाई नगद एक हजार रुपैया, ७ सय र ५ सय रुपैयाँका दरले पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।