FLASH NEWS
  • Loading...

रघुगंगामा तेस्रो ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७७ पटक पढिएको
रघुगंगामा तेस्रो ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु

रघुगंगा गाउँपालिकाको आयोजनामा अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

रघुगंगा गाउँपालिका– ३ पिप्लेमा आईतबारदेखि संचालित प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले गरे ।

प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा प्रथमलाई ५० हजार, द्धितियलाई ३० हजार रुपैयाँ र तितृय हुेन विद्यालयलाई २० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको हरेक विद्यामा स्वर्ण, रजत र कास्य पदक बिजेतालाई नगद एक हजार रुपैया, ७ सय र ५ सय रुपैयाँका दरले पुरस्कृत समेत गरिने छ ।

जिल्लाका ६ वटा पालिकामध्य बेनी नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न गरिसकेका छन । बाँकी पालिकामा पनि प्रतियाेगिता संञ्चालन तयारी भैरहेकाे ति पालिकाले जनाएका छन ।