FLASH NEWS
  • Loading...

म्याग्दी महोत्सवकाे औपचारिक समापन, अनाैपचारिक अवेरसम्मै

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४० पटक पढिएको
म्याग्दी महोत्सवकाे औपचारिक समापन, अनाैपचारिक अवेरसम्मै

सदरमुकाम बेनीमा संञ्चालित सातौं म्याग्दी महोत्सवको समापन भएको छ ।

बेनीमा संञ्चालति म्याग्दी महोत्सव एवं प्रदेश स्तरिय कृषी, पर्यटन, औधोगिक ब्यापार मेलाको समापन गर्न आएका गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले म्याग्दीको भुगोल पञ्चालयतकालदेखी नै परिचित भएकोले प्रदेशको मुख्य मन्त्रीको भुमिका रहँदा पनि नविर्सने बाचा गरे । मुख्यमन्त्री अधिकारीले आफैले संघिय स्वास्थ्य मन्त्री हुँदा स्वीकृत गरी ठेक्का लगाएको र हाल अलपत्र परेको बेनी अस्पताल भवन निर्माण सम्पन्न गराउन, पूर्व मुख्यमन्त्री पिएस गुरुङले वाचा गरेको बेनी मिनी रङ्गशाला र म्याग्दीका मुख्य सडकहरुको स्तर उन्नत गराउन आफुले ध्यान दिने दावी गरे ।

‘म म्याग्दीको भुगोल धेरै वर्ष पञ्चालयकालमा भुमिगतकालमै पैदल हिंडेर नापेको छु । भुगोल, संस्कृति र आर्थिक अवस्थाबारे जानकार छु, विर्सेको छैन । मुख्यमन्त्रीको भुमिकामा रहँदा पनि म्याग्दी र यहाँका जनताको आवश्यकता विर्सने छैन’ मुख्य मन्त्री खगराज अधिकारीले भने, ‘म स्वास्थ्य मन्त्रीहुँदा ५० शैयामा स्तरवृद्धी गरी दरवन्दी ब्यवस्थापन गरेको र आफैले ठेक्का लगाएको विर्सेको छैन । यही मञ्चबाट अस्पताल भवन निर्माण ठेक्का लिएको ठेकदार रवि सिंहलाई सचेत गराउन चाहन्छु, जनताको आँशुको श्राप नथाप्नुस ।’

महोत्सव समापन समारोहमा जिल्ला समन्वय समितिका संयोजक राजकुमार थापा, गण्डकी प्रदेश सभा सदस्य हरीबहादुर भण्डारी र आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष वेलबहादुर कटुवालले पनि जिल्लाका समग्र विकास अवस्था, ब्यवसायीले भोग्नु परेका ऐन कानुनका बारेमा अप्ठ्यारा बारेमा मुख्यमन्त्री अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

१० दिनसम्म चलेको महोत्सवको औपचारिक कार्यक्रमको समापन गरिएको भएपनि अनौपचारिक रुपमा शनिवार साँझसम्मै साँगेतिक कार्यक्रमहरु भने संञ्चालन गरी अवेर बन्द गरिने आयोजक म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।