FLASH NEWS
  • Loading...

युक्रेनमा हेलिकप्टर दुर्घटना, मन्त्रीसहित १८ को मृत्यु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२० पटक पढिएको
युक्रेनमा हेलिकप्टर दुर्घटना, मन्त्रीसहित १८ को मृत्यु

युक्रेनको राजधानी किभस्थित हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । बुधबार किभस्थित एक स्कुलमा क्षति पुग्ने गरी हेलिकप्टर दुर्घटना भएको हो ।

जहाँ तीन बालबालिकाको पनि मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ । साथै दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरूको अहिले नजिकका अस्पतालमा उपचार भइरहेको बताइएको छ । हेलिकप्टरमा मन्त्री डेनेस मोनास्टिर्स्कीसहित जम्मा ९ जना सवार थिए ।

आन्तरिक मामिलामन्त्री डेनेसका सहायकमन्त्रीको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय प्रहरी प्रमुख इहोर किमेन्कोले युक्रेन सरकारको आपतकालीन सेवाको हेलिकप्टर दुर्घटनामा परेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

स्कुलबाट नजिकै हेलिकप्टर दुर्घटना भएपछि स्कुलका बालबालिका र कर्मचारीहरू भागेर सुरक्षित स्थानतर्फ गएका थिए । दुर्घटनाले किन्डरगार्डेन सञ्चालन भएको भवनमा पनि ठूलो क्षति पुगेको छ । साथै आगोको मुस्लो लागिरहेको देखिएको छ ।