FLASH NEWS
  • Loading...

म्याग्दी महाेत्सव सुरू

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९१ पटक पढिएको
म्याग्दी महाेत्सव सुरू

म्याग्दी महोत्सव एवं प्रदेश स्तरिय कृषी, पर्यटन, औधोगिक ब्यापार मेलाको सातौं संस्करण विहिवारदेखी सदरमुकाम बेनीमा सुरु भएकाे छ ।


महोत्सव एवं प्रदेश स्तरिय कृषी, पर्यटन, औधोगिक ब्यापार मेलाको विहिवार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका छन ।


महोत्सव उद्घाटन अघि जिल्लाका विभिन्न जातजाति र संघसंस्थाको बेनी खुल्ला मञ्चबाट झाँकी प्रर्दशन गरेका थिए । महोत्सवमा आएका/आउने पाहुनाको सत्कारकालागी सदरमुकाम बेनीबासीले धोजापतका, तुलब्यानर र जलघडाले सजाईएका छन ।


महोत्सव एवं मेलामा स्वदेशी तथा विदेशी औधोगित उत्पादन, कृषी र पर्यटनका दुई सय ५८ वटा ब्यापारीक.स्टल छन । तर स्टलमध्य एक वटा कृषी मेला र चार वटा स्थानीय घरेलु उत्पादनका छन ।


मेलामा खुल्ला लोकदोहोरी प्रतियोगिता, लोकगीत (गण्डकी लोकतारा), रत्यौली प्रतियोगिता, स्थानीय जनजातिको पुख्यौली नृत्य प्रतियोगिता, पालिका स्तरिय महिला/पुरुष भलिवल, पुरुष बास्केटवल प्रतियोगिताहरु संञ्चालन गरिन आयोजक म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।