FLASH NEWS
  • Loading...

पाहुनाको सत्कारकाे तर्खर

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४० पटक पढिएको
पाहुनाको सत्कारकाे तर्खर

म्याग्दी महोत्सवको साताैं संस्करण तयारी अन्तिमचरणमा पुगेको छ । महोत्सवमा पाहुनालाई स्वागत गर्न बेनी बजारवासीहरु जुटेका छन् । बजारलाई दुलही जस्तै गरी सिंगारेका छन् । तुल,व्यानर,स्वागत द्धारले बजारलाई झकीझकाउ बनाएका छन् ।

म्याग्दी महोत्सव एवं प्रदेश स्तरिय कृषी, पर्यटन, औधोगिक ब्यापार मेलाको सातौं संस्करण विहिवारदेखी सदरमुकाम बेनीमा सुरु हुँदैछ । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्ने भएका छन ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने म्याग्दी महोत्सव एवं प्रदेश स्तरिय कृषी, पर्यटन, औधोगिक ब्यापार मेला १० दिनसम्म संञ्चालन हुने आयोजक म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सव उद्घाटन अघि जिल्लाका विभिन्न जातजाति र संघसंस्थाको बेनी खुल्ला मञ्चबाट झाँकीसहित र्‍याली निकाल्ने तयारी छ । महोत्सवमा आउने पाहुनाको सत्कारकालागी सदरमुकाम बेनी धोजापतका, तुलब्यानर र जलघडाले सजाईएको छ ।
महोत्सव एवं मेलामा स्वदेशी तथा विदेशी औधोगित उत्पादन, कृषी र पर्यटनका २५८ स्टल रहने रहने संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।
मेलामा खुल्ला लोकदोहोरी प्रतियोगिता, लोकगीत (गण्डकी लोकतारा), रत्यौली प्रतियोगिता, स्थानीय जनजातिको पुख्यौली नृत्य प्रतियोगिता, पालिका स्तरिय महिला/पुरुष भलिवल, पुरुष बास्केटवल प्रतियोगिताहरु संञ्चालन गरिने उपाध्यक्ष राजेश शाक्यले बताए ।