FLASH NEWS
  • Loading...

पब्लिक भिजनको १४ औं साधारण सभा सम्पन्न

  • पुनहिल डट कम
  • १ साल अघि
  • ९५ पटक पढिएको
पब्लिक भिजनको १४ औं साधारण सभा सम्पन्न

पब्लिक भिजन केवल नेटवर्क सहकारीले शनिवार आफ्नो १४ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
अध्यक्ष टंक हमालको अध्यक्षतामा सम्पन्न साधारणसभाले उपाध्यक्ष धुब्रराज कार्कीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष एकेन्द्र रावलले आर्थिक प्रतिवेदन छलफलपछि पास गरेको गरेको सहकारीले जनाएको छ ।
साधारण सभाको उद्घाटन गदैं पूर्व अध्यक्ष टंक हमालले डिजिटल सिस्टममा रुपान्तरीत भएपनि केवल नेटवर्क संस्थालाई दिनप्रतिदिन चुनौती थपिएको बताए । २०६५ सालमा स्थापना भएको केवल नेटवर्कको कुल सेयर सदस्य ४०६ बाट १ करोड २५ लाख ५२ हजार सेयर पुँजी रहेको जनाएको छ ।