FLASH NEWS
  • Loading...

म्याग्दीकाली संचार सहकारी संस्थाको पन्ध्राैं साधारण सभा सम्पन्न

  • पुनहिल डट कम
  • १ साल अघि
  • ९९ पटक पढिएको
म्याग्दीकाली संचार सहकारी संस्थाको पन्ध्राैं साधारण सभा सम्पन्न

म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को पन्ध्राौ बार्षिक साधारसभा सम्पन्न भएको छ ।

साधारण सभाले संस्थाका सचिव सुविन श्रेष्ठले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति र कोषाध्यक्ष राजु बानीयााले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई छलफल र सुझाव सहित पारित गरको छ ।
केबल र एफ.एफ संचालन गरेको संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा केबल तर्फ ३३ लाख, ९१ हजार, ४८८ आम्दानी गरेको छ । भने खर्च तर्फ ६१ लाख ३४ हजार, ८९५ रुर्पयाा खर्च गरेको छ । जसमा केवल तर्फ, २३ लाख ५२ हजार, २८६ रुपैयाा, एफएम तर्फ १० लाख ३९ हजार १८२ रुपैयाा आम्दानी भएको र खर्च तर्फ केवल तर्फ ५२ लाख, ५१ हजार, ३५१ रुपैयाा, रेडियो तर्फ ८ लाख ८३ हजार, ५४४ रुपैयाा खर्च भएको कोषाअध्यक्ष बानियााले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै म्याग्दीकाली र पोखरा इन्टरनेटको ५०/५० प्रतिशत लगानीमा संचालनमा रहेको इन्टरनेट तर्फ संस्थाको ५०, ५० प्रतिशत लगानीमा संचालित इन्टरनेट तर्फ कुल आम्दानी १ करोड ३७ लाख १२ हजार, ३८ रुपैयाा रहेकोमा खर्च तर्फ ७४ लाख, ५५ हजार, ४७७ रुपैयाा खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२०६४ सालमा स्थापना भएको संस्थाले हाल बेनी नगरपालिका ७ मंगलाघाटमा अवस्थित आˆनै भवनबाट कार्यालय संचालन गरिरेहेको छ । संस्था द्वारा म्याग्दीकाली इन्टरनेट, म्याग्दीकाली एफ.एफ र पोखरा इन्टरनेट संचालित छ । कार्यक्रम संस्थाका अध्यक्ष बिजय कुमार श्रेष्ठको अध्यक्षता, सदस्य एवम् इन्टरनेट संयोजक ध्रुर्ब सुबेदीको स्वागत, सचिव श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।