FLASH NEWS
  • Loading...

अमेरिकामा ६ पटकको मतदानले पनि चयन गर्न सकेन सभामुख

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११२ पटक पढिएको
अमेरिकामा ६ पटकको मतदानले पनि चयन गर्न सकेन सभामुख

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभा ६ पटक मतदान गर्दा पनि सभामुख चयन गर्न असफल भएको छ। सभामुख पदमा उम्मेदवार रिपब्लिकन पार्टीका नेता केभिन म्याकार्थीले ६ पटकको मतदानमा पनि बहुमत प्राप्त गर्न नसकेका हुन्।

अमेरिकाको संसदीय इतिहासमा एक सय वर्षमा पहिलो पटक यस्तो घटना भएको बीबीसीले उल्लेख गरेको छ। सन् १९२३ मा पनि यस्तै घटना भएको थियो। बुधबार पटक–पटक भएको मतदानमा सभामुख चयन हुन नसकेपछि बिहीबार पुनः मतदान हुने भएको छ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा रिपब्लिकनले २२२ सिटमा जित हासिल गरेपछि उसलाई सहज बहुमत थियो । सभामुखका लागि २१८ सिटको आवश्यकता छ। तर पार्टीभित्रै भएको विवादका कारण म्याकार्थी ६ पटकको मतदानमा पनि सभामुख चयन हुन नसकेका हुन्।

पार्टीका झण्डै २० दक्षिणपन्थी नेताले म्याकार्थीको विरोध गरिरहेका छन् । ६ पटकको मतदानमा निर्वाचित नभएपछि क्यालिफोर्नियाका सांसद म्याकार्थीले कुनै सम्झौता नभएकाले अब हुने मतदानबाट पनि नतिजा आफ्नो पक्षमा आउने सम्भावना नरहेको बताएका छन्।